कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट एकमुष्ट रूपमा एक करोड रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य सम्मिलित आइतबार बसेको बैठकले पार्टीका विभिन्न तहका कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टी सदस्यलाई विपद् कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ ।

त्यस्तै, मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँपालिका र नगरपालिकाको वडा स्तरसम्म सम्पर्क गरी प्रभावित परिवारको विवरण तयार गर्न निर्देशन दिइएको छ । समितिलाई प्रभावितको समस्या र आवश्यकता पहिचान गरी पार्टीले गर्नुपर्ने समन्वय, सहजीकरण तथा सहयोगका सम्बन्धमा सिफारिस गर्न पनि बैठकले निर्देशन दिएको पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *