गाम्चा साकोसद्धारा प्रधानमन्त्री राहत कोषमा सहयोग
भक्तपुर । सुर्यविनायक ४ दधिकोटमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री राहत कोषमा ६९ हजार सहयोग गरेको जनाएको छ । संस्थाका संचालक समिति, उपसमिति तथा कर्मचारी गरी २७ जनाले कोषमा रकम सहयोग गरेका हुन् । मुलुकमा आएका्े प्राकृतिक विपतिमा केही मात्रामा भए पनि सहयोग पुगोस् भन्ने उदेश्यले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको संस्थाका अध्यक्ष विकास खड्काले बताए । रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा पुर्याएको अकल्पनिय क्षतिले दुःखद घडीमा पर्नुभएका सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना संस्थाले गरेको छ । संस्थाले बाढीमा परी दिवंगत हुनुभएका मृतात्माहरुमा चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।


















