रसुवागढी आयोजनाको पावर हाउसमा लेदो, उद्धार टोली फर्कियो
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार प्रभावित भएको छ । आयोजनाको पावर हाउसमा लोदो र पानी भारिएका कारण उद्धार गर्न नसकिएको हो । “त्यति सुखद समाचार छैन । भित्र खुला छ कि भन्ने लागेको थियो । तर, सबै पुरिएको रहेछ । भित्र जाने अवस्था भएन । उद्धार टिम फर्किएको जानकारी आएको छ,” रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सचिव नरनाथ न्यौपानेले भने । उद्धार गर्न नसकिएपछि उद्धारका लागि गएको टोली धुन्चे फर्किएको उनले जानकारी दिए । १० गते भोटोकोसी नदीमा आएको बाढीले उक्त बेसिनका सबै जलविद्युत् आयोजना बगाएको थियो ।

















