प्रधानमन्त्री राहत कोषमा इप्पानको १३ करोड एक रुपियाँ सहयोग

काठमाण्डौं । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १३ करोड १ रुपियाँ सहयोग गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीसहितका पदाधिकारी र प्रतिनिधिहरूले प्रधानमन्त्री राहत कोषमा सो रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई मन्त्रालयमा पुगेर हस्तान्तरण गरेका हुन् । इप्पानले कोषमा आफ्नोतर्फबाट रु पाँच करोड पाँच लाख ५० हजार सहित १० करोड रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने तयारी गरेको थियो । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएका बेला निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले राहत तथा उद्धारमा सहयोग जुटाउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *