मुक्तिनाथ विकास बैंकले महासंघमा आवद्ध ढुवानी व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । महासंघमा आवद्ध सदस्यहरुको व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरीद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा यो बै‌कले लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यहरूले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरीद गर्न र सो सम्बन्धी व्यवसाय संचालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ । यस सहकार्यबाट ढुवानी व्यवसायीहरूले आफनो सेवा विस्तारको लागि सहजरुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै बैंकले हाल अटो कर्जा, कृषि र एमएमई कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रबाह गर्ने विशेष अफर ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *