कङ्गाल करोडपति’को शुभ मुहूर्त सम्पन्न बाढी पहिरो पीडितलाई ५१ हजार सहयोगको घोषणा

काठमाडौँ । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘कङ्गाल करोडपति’को शुक्रवार काठमाडौँको कमलादीस्थित गणेश स्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ। प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिंह, राजन कात्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ। चलचित्र भदौ २९ गतेदेखि छायाङ्कनमा जाने तयारीमा छ। यसको निर्माण अनिल कुमार बुढाथोकीले गर्नेछन् भने अश्विनी बराल, दीपेश तिरुवा र प्रवसन राई सह निर्माताका रूपमा रहेका छन्। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर छन्।

चलचित्रको कथा रामकृष्ण बजगाईँले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरको रहेको छ। सिनेमा पाठशाला प्रा.ली.को ब्यानरमा निर्माण हुने चलचित्रमा हरि घले लामाको छायाङ्कन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ। चलचित्रमा एसडी योगी, नीराजन राई र लिप्सन लिम्बूको सङ्गीत रहनेछ भने प्रदीप लामाले नृत्य निर्देशन गर्नेछन्। जीवन गौतम मुख्य सह निर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा जोडिएका छन्। सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने चलचित्रको शुभ मुहूर्तअघि निर्माण टोलीले हालै रसुवा, नुवाकोट र धादिङमा गएको बाढी हिरोमा ज्यान गुमाउनेहरूप्रति मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो। टोलीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको थियो। यसै अवसरमा चलचित्र निर्माण पक्षले बाढी पहिरो पीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। चलचित्रको शुभ मुहूर्तसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखिएको निर्माण पक्षले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *