४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । ‘गौंथली’ले ४३ हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो । ‘गौँथली’ यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने चलचित्र बनेको छ । सिनेमा उद्योगमा ‘गौँथली’ ‘पूर्ण बहादुरको सारङ्गी’पछि सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनेको छ । यो चलचित्रले हालसम्म पौने २६ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ । बरिष्ठ डा. भोला रिजालको कथा तथा डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *