माछापुच्छ्रे बैंकद्धारा ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले साधारण सेयरधनीका लागि कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै, अग्राधिकार सेयरधनीहरूका लागि पनि नगद लाभांशको प्रस्ताव गरिएको छ । बैंकका अनुसार ३ प्रतिशत र बोनस शेयर तथा नगद लाभांशको करसहित ३.०० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।

प्रस्तावित लाभांश बैंकको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । यसैगरी प्रतिबद्धताअनुसार अग्राधिकार सेयरधनीलाई बैंकले ८.२५ प्रतिशत लाभांश दिनेछ । अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखिको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिनेछ । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *