१८ दिनदेखि बन्द पृथ्वी राजमार्ग बिहीबारदेखि खुल्दै

काठमाडौं । पृथ्वी राजमार्गस्थित कृष्णभिरमा भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालने तयारी छ । राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात नचल्दा करोडौं घाटा बेहोरिरहेका यातायात व्यवसायी मर्मतपछि यातायात खुल्ने खबरसँगै आशावादी बनेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पुनः सुरु भएसँगै पृथ्वी राजमार्ग हुँदै आफ्नो पूर्ववत सेवा सञ्चालन गर्न सकिने जानकारी आफ्ना सदस्य संघ, समिति, कम्पनी र प्रालिलाई गराएको छ ।

महासंघका अनुसार १८ दिनसम्म राजमार्ग हुँदै करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको छ । साथै, यात्रुलाई समयमा गन्तव्य पुर्‍याउन समेत कठिनाइ उत्पन्न भएको छ । कृष्णभिर १४ भदौमा भासिएको थियो । १ सय मिटर सडक भासिएको हो । जसमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याउन १८ दिन लागेको हो । यसबीच वैकल्पिक राजमार्गबाट यातायात सञ्चालनमा ल्याइएको भए पनि ठूला सवारीसाधन र लामो रुटको यातायात प्रभावित बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *