दुवै पक्षको महाधिवेशनमा शेखर कोइराला सहभागी नहुने

काठमाडौ‌ं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन र असन्तुष्ट दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन् । कोइराला निकट नेता बद्री पाण्डेका अनुसार कांग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था बनेपछि उनी तटस्थ बस्ने भएका हुन् । पाण्डेले भने, “दुईवटा महाधिवेशन हुने भएपछि हामीले तटस्थ बस्ने निर्णय गरेका छौँ । एउटै महाधिवेशनको स्थिति नबनेसम्म कुनै महाधिवेशन नजाने निर्णय भएको हो, उनले भने । उनका अनुसार दुवै महाधिवेशनमा सहभागी नभई पार्टी एकताको विषयलाई निरन्तर उठाइरहने नेता शेखरको तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *