एन्फामा सीआईबीको छापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा प्रहरीले छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फाको कार्यालय सातदोबाटोमा छापा मारेको हो । त्यसक्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनले भने, ‘‘हामीले केही कागजात नियन्त्रणमा लिएको छौँ । केही बुझ्नुपर्ने देखिएको छ । थप केही व्यक्तिलाई पनि नियन्त्रणमा राखेका छौँ । मुद्दा चल्ने आधार देखिए थप अनुसन्धान गछौँ ।’’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *