सुनसरीको देवानगञ्जमा गोली चल्यो

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका १ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए । ‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भने । एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले बताए । उनले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए । स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *