एमाले कार्यदलको प्रतिवेदनबारे आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्ने
काठमाडौँ। नेकपा एमालेको दसौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले रामबहादुर थापा बादलले पेस गरेको प्रतिवेदन स्वीकार गरेको नेता लेखराज भट्टले जानकारी दिए। ‘चार महिना लगाएर कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गरेको छ’, नेता भट्टले जानकारी दिए। भट्टका अनुसार प्रतिवेदनमा नेतृत्व सम्बन्धी उठेका सबै विषय हटेको छ। उक्त प्रतिवेदनमाथि सोमबारबाट बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने नेता भट्टको भनाइ छ। एमाले केन्द्रीय समिति बैठक सोमबारदेखि बस्दै छ। उनका अनुसार केन्द्रीय कमिटी बैठकअघि भोखि बिहान ९ बजे पुनः सचिवालय बैठक बस्नेछ।

















