पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित दरका १५,००,००० कित्ताले हुन आउने पन्ध्र करोड रकम बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा पुष्पलाल इन्भेष्टमेन्टले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सन्रराइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता समारोहमा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो। नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउन प्रतिबद्ध पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एक दूरदर्शी लगानी कम्पनी हो। कम्पनीले ‘सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नाराका साथ विभिन्न क्षेत्रहरू जस्तै ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार एवं पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजनाहरूमा रणनीतिक रूपमा केन्द्रित भई लगानी विस्तार गर्दै आइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *