कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा न्यौपानेले ६६० मत पाए । उनका प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४१३ मत ल्याए। सभापतिको तेस्रो प्रतिस्पर्धी कृष्ण विलास अधिकारीले १५९ मत पाएका थिए। महानगर उपसभापतिमा मित्रनिधि तिवारी विजयी भएका छन् । उनले ७ सय १५ मत प्राप्त गर्दा सोही पदका उम्मेदवार रेशमबहादुर देउजाले ४ सय ७७ मत ल्याएका छन्। सचिवमा सुमित पराजुली निर्वाचित भए। महिला तर्फको उपाध्यक्षमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा सर्वसम्मत चुनिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *