बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

काठमाडौं । कुमारी बैंकका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी रसुवा भोटेकोसी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा सहयोग गरेका छन् । प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरूमा उपयोग हुने विश्वास लिइएको बैंकले जनाएको छ । यसअघि पनि कुमारी बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रु। ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको थियो । साथै, उक्त बाढीबाट प्रभावितहरुको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयलाई ३९ लाख बराबरको अत्याधुनिक ड्रोन, पावर बैंक तथा जेनेरेटरलगायत आवश्यक विपद् व्यवस्थापन सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *