एनएमबि बैंक र र्‍यापिड टेकबीच ‘नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा र्‍यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो । यस सहकार्यपश्चात एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाडै नै आफ्नो बैंकिङ प्रणाली भीत्रै रहि रकम भुक्तानी, हिसाब मिलान र बैंकिङ कारोबारहरू तुरुन्तै गर्न सक्नेछन् । त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् । निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाइ ग्राहकहरूको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्‍याउनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *