तिहारका लागि सीजीका ६ मोडलका माइक्रोवेभ ओभन बजारमा

काठमाण्डौं । तिहारलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले विभिन्न मोडलका माइक्रोवेभ ओभन बजारमा उपलब्ध गराएको छ । सीजीले २० देखि ३५ लिटर क्षमतासम्मका ६ मोडलका माइक्रोवेभ ओभन बजारमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार ग्राहकको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राखेर ओभनका विभिन्न मोडल ल्याइएको हो । तीमध्ये दुई मोडल प्रिमियम सिग्नेचर सिरिज ‘सीजी मेरिडिया’ र बाँकी चार मोडल सीजी ब्रान्डअन्तर्गत छन् । ओभनमा रहेको ‘अटोकुक मेनु’ सुविधाले परिकारअनुसार समय र तापक्रम स्वतः मिलाउन सहयोग गर्छ । माइक्रोवेभ ओभन खाना तताउन मात्र नभई मिठाई बनाउन, ड्राइफ्रुट्स रोस्ट गर्न, बेकिङ तथा ग्रिलिङ गर्नसमेत प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार काजु, बदाम, पिस्ता र ओखरजस्ता भाइ मसला केही मिनेटमै रोस्ट गर्न सकिन्छ ।

त्यस्तै, बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलुवा तथा चकलेटजस्ता मिठाई पनि घरमै तयार गर्न सकिन्छ । भाइटीकाका लागि केक तथा कुकीज बनाउन र पारिवारिक जमघटका अवसरमा मासुका परिकार ग्रिल गर्न ओभनमा उपलब्ध कन्भेक्सन र ग्रिल सुविधा उपयोगी हुने कम्पनीको भनाइ छ । यसका साथै सेलरोटी, फिनी र अनरसाजस्ता परिकार पुनः तताएर खान पनि ओभन प्रयोग गर्न सकिन्छ । ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा उपस्थिति जनाउँदै आएको सीजी इलेक्ट्रोनिक्सका उत्पादन देशभरका २२ वटा सीजी डिजिटल शोरुम, आधिकारिक वेबसाइट तथा बिक्री केन्द्रबाट खरिद गर्न सकिन्छ । कम्पनीले बिक्रीपछिको सेवाका लागि ‘सीजी केयर’ एपसमेत सञ्चालनमा ल्याएको छ । उक्त एपमार्फत देशभरका ४० वटा सेवा केन्द्रबाट सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *