सन नेपाल लाइफको नाफा २.३६ प्रतिशतले बढ्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा २३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २.३६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले असोजसम्ममा १ अर्ब २९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा १ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क २० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १९.६७ प्रतिशतले बढेर १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा २८ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २४ करोड ८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, पहिलो त्रैमासमा कम्पनीको रिटेन्ड अर्निङमा ७७ करोड ७१ लाख रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष १३ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३.२१ प्रतिशतले बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *