टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा बाढी प्रभावित परिवारलाई २ हजार स्टिल दराज वितरण

काठमाडौं । ‘एक टाटा नेपाल ग्लोफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्थाको सहकार्यमा हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका परिवारलाई २ हजार थान स्टिल अल्मिराज दराज हस्तान्तरण गरिएको छ । डा. धर्मराज उप्रेती, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल सरकारको मार्गदर्शनमा सञ्चालन गरिएको यस पहलले बृहत् पुनस्र्थापना प्रयासअन्तर्गत प्रभावित परिवारहरूलाई व्यावहारिक घरेलु सहयोग उपलब्ध गराउने उद्देश्य राखेको छ । प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामग्री सुरक्षित राख्न सहयोग पुर्याउने उद्देश्यसहित यो पहल गरिएको हो । यो कार्यक्रम प्रभावित समुदायको दीर्घकालीन पुनस्र्थापना गर्ने बृहत् प्रयासको एक हिस्सा हो । दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका ग्रुप चिफ सस्टेनबिलिटी अफिसर चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी,एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालिया तथा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी लगायत विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले भने, ‘टाटा समूहमा हामी विपद् प्रतिकार्य भनेको तत्काल राहतमा मात्र सीमित हुनुहुँदैन भन्ने विश्वास गर्छौं । प्रभावित परिवारले आफ्नो आत्मसम्मान पुनःस्थापित गर्न, जीवनलाई फेरि सामान्य अवस्थामा फर्काउन र सुरक्षित भविष्यतर्फ अघि बढ्न सक्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । ’ एक टाटा नेपाल ग्लोफ विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनस्र्थापना यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छन् । त्यसैगरी, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले भने, ‘सिप्रदियन सहायता संस्थामा हामी समाजप्रतिको जिम्मेवारी व्यवसायमा मात्र सीमित हुँदैन भन्ने मान्यता राख्छौं । हाम्रो उद्देश्य वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म अर्थपूर्ण सहयोग पुर्याउनु हो । नुवाकोटमा सञ्चालित यो पहल कठिन परिस्थितिमा रहेका समुदायसँग साथमा उभिने हाम्रो निरन्तर प्रतिबद्धताको उदाहरण हो । अझ समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान पुर्याउन हामी निरन्तर प्रतिबद्ध छौं ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *