धादिङमा जिप दुर्घटना, एक महिलाको मृत्यु, चालकसहित ९ घाइते

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो । दुर्घटनामा गाडीमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *