प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयमा आज प्रेस ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री बालेन साहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दैछ । प्रधानमन्त्री साहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन मन्त्रालयले प्रेस ब्रिफिङ गर्न लागेको हो । मन्त्रालयका अनुसार आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा प्रेस ब्रिफिङ आयोजना हुनेछ । प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जाने मिति तय भएको छ ।


















