हरिबोधिनी एकादशीको तयारी पूरा, बूढानीलकण्ठमा भक्तजनको सहज दर्शनका लागि विशेष व्यवस्था

काठमाडौं । कात्तिक शुक्ल एकादशीका दिन शुक्रबार हरिबोधिनी एकादशी पर्व मनाइदैछ । हरिबोधिनी एकादशीका अवसरमा भक्तजनको आगमनलाई काठमाडौँको बूढानीलकण्ठ नारायणस्थानमा आवश्यक तयारी गरिएको छ । बूढानीलकण्ठ नारायणस्थान मन्दिरका मठाधीश एवं संरक्षक १००८ स्वामी निगमानन्द गिरीजी महाराजले भक्तजनहरूको सहज दर्शनका लागि व्यवस्थापकीय तयारी पूरा भएको जानकारी दिए । लाइनमा बस्न गाह्रो हुने वा नसक्ने भक्तजनहरूले बाहिरैबाट पनि दर्शन गर्न सक्ने व्यवस्था गरिएको उनाले बताए । त्यस्तै उनले पाउँमै गएर दर्शन गर्न चाहनेहरू लाइनबाट सकेसम्म छिटोभन्दा छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यस्तै बूढानीलकण्ठ नारायणस्थान गुठी व्यवस्थापन समितिका सल्लाहकार गोपाल कार्कीले दर्शनका लागि आउने भक्तजनको सवारी पार्किङको लागि आवश्यक व्यवस्थापन गरिएको बताए । भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइने गरिएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *