सामसङ र एनसेलबीच सहकार्य, ग्यालेक्सी फोन खरिदमा एक वर्षसम्म निःशुल्क डेटा र भ्वाइस सेवा
काठमाडौं । नेपालमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा स्मार्टफोनको स्तरोन्नतिलाई सहज बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ । सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क डेटा तथा भ्वाइस सेवा, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउनेछन् । यस सहकार्यले नयाँ स्मार्टफोन खरिदलाई मात्र नभई पुरानो दोस्रो पुस्ताको (२जी) प्रविधिबाट चौथो पुस्ताको (४जी) प्रविधिमा स्तरोन्नति गर्नसमेत प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । २जीबाट ४जीमा स्तरोन्नति अभियानअन्तर्गत जुनसुकै २जी मोबाइल साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा पाँच हजार रुपैयाँसम्मको एक्सचेन्ज सुविधा उपलब्ध हुनेछ । त्यस्तै, न्यूनतम एक हजार २२१ रुपैयाँदेखि सुरु हुने मासिक किस्ताबन्दी सुविधाले नयाँ फोन खरिदलाई थप सहज बनाउने कम्पनीले जनाएको छ । सहकार्यको मुख्य उद्देश्य एआई तथा डिजिटल प्रविधिको पहुँच विस्तार गरी उन्नत मोबाइल प्रविधिलाई धेरैभन्दा धेरै ग्राहकसम्म पुर्याउनु रहेको छ। स्मार्टफोनको दैनिक प्रयोगमा जेनेरेटिभ एआईको महत्त्व बढ्दै गएको अवस्थामा सामसङले ग्यालेक्सी उत्पादन शृङ्खलामार्फत एआई सुविधालाई थप पहुँचयोग्य बनाउने प्रयास गरेको छ । ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधाले उन्नत प्रविधिलाई तुलनात्मक रूपमा किफायती बनाउने कम्पनीको भनाइ छ । यस सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्म एनसेलका निश्चित मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन् । सामसङका जेड फोल्ड८, जेड फ्लिप८, जेड फोल्ड७, एस२६ अल्ट्रा, एस२६ प्लस, एस२६ र एस२६ एफई मोडेल खरिद गर्ने ग्राहकले मासिक ७९९ रुपैयाँ मूल्यको अनलिमिटेड डेटा तथा भ्वाइस सेवा, लायन्सगेट र दैनिक १०० एसएमएससहितको प्याक १२ महिनासम्म निःशुल्क पाउनेछन् । उक्त प्याकको कुल मूल्य नौ हजार ५८८ रुपैयाँ रहेको छ । त्यस्तै, ग्यालेक्सी ए१७, एम१७ र ए०७एस खरिद गर्ने ग्राहकले मासिक ४४९ रुपैयाँ मूल्यको सात जीबी डेटा र अनलिमिटेड भ्वाइस सुविधासहितको प्याक नौ महिनासम्म निःशुल्क पाउनेछन्। उक्त सुविधाको कुल मूल्य चार हजार ४१ रुपैयाँ हुनेछ ।
फ्ल्यागसिप फोन खरिदमा किस्ताबन्दी र एक्सचेन्ज सुविधा
स्मार्टफोन खरिदमा मूल्यलाई महत्त्वपूर्ण पक्षका रूपमा लिँदै सामसङले हुलास फिन सर्भसँगको सहकार्यमा किस्ताबन्दी भुक्तानी योजनालाई समेत सहज बनाएको छ । छनोट गरिएका फ्ल्यागसिप फोन खरिद गर्दा ग्राहकले ३६ महिनासम्मको किस्ताबन्दी सुविधा लिन सक्नेछन्। यस योजनामा मासिक किस्ता पाँच हजार १०६ रुपैयाँदेखि सुरु हुनेछ । त्यस्तै, छनोट गरिएका ग्यालेक्सी फ्ल्यागसिप स्मार्टफोन खरिद गरी पुरानो फोन साट्ने ग्राहकले १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन्। योग्य ग्यालेक्सी जेड र एस सिरिजका ग्राहकले एक वर्षको थप वारेन्टीसमेत प्राप्त गर्नेछन् । सामसङका विभिन्न स्मार्टफोनमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ । प्रविधिमा पहुँच विस्तारसँगै सामसङले विद्युतीय फोहोर व्यवस्थापन र उपकरणको जिम्मेवार प्रयोगलाई पनि प्राथमिकता दिएको जनाएको छ । यसका लागि साइफरब्ल्याकसँग आगामी सहकार्य गर्दै प्रयोग भइसकेका विद्युतीय उपकरणको जिम्मेवार सङ्कलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने कम्पनीको योजना छ । यस पहलले ग्राहकलाई पुराना उपकरणको उचित व्यवस्थापन गर्दै नयाँ प्रविधिमा स्तरोन्नति गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । एक्सचेन्ज सुविधालाई विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनसँग जोडेर वातावरणमैत्री तथा दिगो डिजिटल भविष्य निर्माणमा योगदान पुर्याउने सामसङको लक्ष्य छ । यी सेवा सामसङका सेवा केन्द्र तथा छनोट गरिएका ब्रान्ड स्टोरबाट उपलब्ध हुनेछन् । सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले यस सहकार्यले सामान्य स्मार्टफोन प्रवर्द्धनभन्दा अघि बढेर नेपालमा समावेशी डिजिटल पारिस्थितिक प्रणाली निर्माण गर्ने लक्ष्य राखेको बताए । उनका अनुसार एआई अनुभवलाई पहुँचयोग्य बनाउने, प्रिमियम फोल्डेबल प्रविधिलाई ग्राहकको पहुँचमा पुर्याउने, किफायती रूपमा ४जी प्रविधिमा स्तरोन्नति गर्न सहयोग गर्ने र विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनलाई प्रोत्साहन गर्ने पहलले प्रविधिमार्फत ग्राहकलाई सशक्त बनाउने साझा प्रतिबद्धता देखाउँछ । यसैबीच, सामसङका नयाँ स्मार्टफोनका लागि नोभेम्बर २० देखि २३ सम्म अग्रिम बुकिङ खुला रहनेछ । क्यूआर कोडमार्फत अग्रिम बुकिङ गर्ने ग्राहकले चार हजार ९९९ रुपैयाँ मूल्यको बड्स कोरमा ६२ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।


















