सन नेपाल लाइफद्वारा व्यतित बिमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बिमितहरूलाई व्यतित बिमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र व्यतित बिमालेख पुनर्जागरण गर्ने बीमितहरूलाई विलम्ब शुल्क (ब्याज) मा छुट प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार व्यतित मितिबाट दुई वर्ष ननाघेका बिमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट प्रदान गरिनेछ।

त्यसैगरी, व्यतित मितिबाट दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ । उक्त छुट सुविधा सम्पूर्ण बिमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यस सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बिमालेख पछि बिमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरिएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ । विभिन्न कारणले व्यतित अवस्थामा रहेका बिमालेखहरूलाई पुनः सक्रिय गराई बीमित तथा उनीहरूको परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिनु यस अभियानको मुख्य उद्देश्य रहेको छ । यस अभियानले बिमितहरूलाई आफ्नो बिमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्नुका साथै जीवन बिमाको महत्त्व र आवश्यकताबारे थप सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीले योग्य बिमितहरूलाई अभियान अवधिभित्र आफ्नो व्यतित बिमालेख पुनर्जागरण गरी उपलब्ध छुट सुविधाको लाभ लिन आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *