मनकामना केबलकार २९औँ वर्षमा प्रवेश

काठमाडौं । चितवन को इ समूह अन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार मनकामना केबलकार, मंसिर ८ गते, आफ्नो २८औँ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गर्दैछ । हालसम्म कम्पनीले २ करोड १२ लाख भन्दा बढी यात्रुहरूलाई केबलकार सेवा प्रदान गरिसकेको जानकारी दिएको छ । यस समूहका संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यस केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको छ । आफ्नो असीम माया, विश्वास र साथ–सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्गप्रति कम्पनीले आभार प्रकट गर्दछौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *