संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गछौँ- बर्तौला
काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् ।
आज शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसद्लाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताएका हुन् । भिजिट भिसा प्रकरणमा दलहरूबिच संवाद जारी रहेकाले सहमति नै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उनले बताए ।
बर्तौलाले दलहरूबिच भएका छलफलहरू सकारात्मक ढङ्गले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे । बर्तौलाले संवैधानिक निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न सक्न वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए ।















