विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दै
काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।
यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले यस सिरिजमा यसअघि खेलेका तीन मध्ये २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध २ रनको झिनो अन्तरको हार बेहोरेको थियो ।
नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने नेदरल्याण्डसले पनि ३ खेलनै जितेको छ ।