‘अलविदा’ लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ बालाजुमा परे फेला

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्क बिहिन भएका डा केशव श्रेष्ठ बालाजु क्षेत्रमा सकुशल फेला परेका छन् । बालाजुको एक रिसोर्टबाट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमा सबैजनालाई अलबिदा लेखेर सम्पर्कबिहीन भएका थिए । उनी सम्पर्कबिहीन भएको सूचना आएपछि मोबाइल लोकेश ट्याक गरी खोजी कार्य गरिएको थियो । १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले राजनीति र कर्मचारीले आफूलाई काम गर्न नदिएका कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका थिए ।

फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि प्रहरीले तत्कालै डा। श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। उनी बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको खोजी गरेको थियो। उनको अन्तिम लोकेशन चाबहिल क्षेत्र देखिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *