सभामुख घिमिरेले गृहमन्त्री लेखकसँग छलफल गरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति र संसदमा रास्वपाले जारी राखेको भिजिट भिसा प्रकरणको विरोधका बारेमा गृहमन्त्री लेखकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
साथै सभामुख घिमिरेले अहिले प्रतिनिधि सभाको बैठक अघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरिरहेका छन् ।