काग्रेसले बोलायो कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बैठक असार ४ गते बुधबार बस्ने गरी बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजे बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । बैठकमा यो विषयका पनि छलफल हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *