आमा – भाग ४
जुनदिनमा ए आमा
मैले कर्म लिएथे
तिम्रै काखमा बसेर
तिमलाई धर्म दिएथें ।१
साथमा तिमी नहुदा
बालापन रित्तो भो
महल स्वर्गै भएनी
महल मलाई भित्तो भो ।२
तिम्रो न्यानो काखमा
खेल्न डुल्न पाईन
मनको मोह मनैमा
कहिल्यै भुल्न आर्इन ।३
सन्सार रित्तो भए झै
मलाई भयो बहाना
सबै सन्सार भएनी
आमा तिम्रो चाहना ।४
मनको बह पोख्नलाई
ठाउँ मेरो छैननी
आमा भन्दा यो सन्सार
अरु ठूलो हैननी ।५
बालापनमा हेला भो
एक्लो मत टुहुरो
पिन्जडाको सुगाझै
बनि बसे बबुरो ।६
तिम्रो मायाँ नपाउँदा
मेरो अपमान भो
सिरानीत एक्लै हुन्थ्यो
मेरो बालापनको ।७
मलाई गर्थे निगरानी
मलाई गर्थे हेला
किन छोडी गयौ आमा
बालापनको बेला ।८
मलाई छोडी गयौनी
पाखा पर्वत रुवाई
व्यर्थ जन्म दियौनी
अमृत बिष खुवाई ।९
जुन दिनमा ए आमा
मैले कर्म लिएथे
तिम्रै काखमा बसेर
तिमीलाई धर्म दिएथें ।१०