प्रभु बैंकको अध्यक्षमा कार्की, स्वतन्त्र सञ्चालकमा अर्याल

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ अध्यक्ष र सञ्चालक नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक किशोरजंग कार्कीलाई अध्यक्षमा चयन गरेको हो। कार्की हाल पब्लिक समूहको तर्फबाट सञ्चालक रहेका थिए। पूर्वअध्यक्ष लिलाप्रकाश सिटौलाको कार्यकाल गत चैतमा सकिएसँगै अध्यक्ष पद रिक्त रहेको थियो।

त्यसैगरी, बैंकको सञ्चालक समितिमा नयाँ सदस्यका रूपमा रमेशराज अर्याल भित्रिएका छन्। उनी यसअघि एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। नयाँ नेतृत्वसँगै बैंकले संस्थागत सुशासन, पारदर्शिता र दिगो वित्तीय वृद्धिमा थप सशक्त पहल गर्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *