ठेकेदार पक्राउ परेको एक हप्तामै रिहा
काठमाडौं । चेक बाउन्सको आरोपमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक सातामै रिहा भएका छन् ।
गत १३ असारमा पक्राउ परेका भेटवाल स्वास्थ्य कारण देखाउँदै अस्पताल भर्ना भएलगत्तै असार १५ मा म्याद थप गरिएको थियो । तर, १९ असारमा अदालतले पुनः म्याद नथपेपछि उनी रिहा भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार अदालतले स्वास्थ्य अवस्थालाई आधार मानेर म्याद थप गर्न अस्वीकार गरेपछि प्रहरीले थप कारबाही अगाडि बढाउन नसकेको बताए ।
भेटवालमाथि करिब १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो ।