भोटेकोशी नदीमा ठूलो बाढी, मितेरी पुलसहित दर्जनौं गाडी बगायो

काठमाडौं । भारी वर्षासँगै भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँग दर्जनौं सवारी साधन बगाएको छ । सोमबार राति आएको बाढीले नेपाल–चिन जोड्ने पुल बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यससँगै रसुवा हुँदै चीनसँग मार्ग विच्छेद भएको छ । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जनाएको छ ।

साथै, ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर(लाई पनि बाढीले बगाएको हुन सक्ने आशंका गरिएको छ । तर, त्यसको पुष्टि भने हुन सकेको छैन । गोसाइँकुण्ड गाउँपालिका २, टिमुरे (रसुवा) मा भोटेकोसी नदीको पानीको सतह ३.१५ देखि अत्यधिक बढेको जनाएको छ । साथै पहिरो पनि गएको जानकारी प्राप्त भएकाले सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *