रास्वपा र राप्रपाले गर्यो आजपनि प्रतिनिधिसभा बैठक बहिस्कार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि बैठक बहिस्कार गरेको छ ।
भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै दुई दलले बैठक बहिस्कार गरेको हो । बैठकमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले आफूहरूले उठाएको संवेदनशील विषयमा सरकार अनदेखा गरेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको बताइन् । उनले बोलिसकेपछि रास्वपा सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन् ।
त्यसैगरी राप्रपाका सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लामो समयदेखि आफुहरुले उठाएको संवेदनशील विषय सरकारले वास्ता नगरेको र सरकाले सधैँ यसै गरेमा अब सडकमा समेत आन्दोलन गर्नसकिने चेतावनी दिए । साथै उनले जिवी राईलाई सरकारले ल्याउन नसकेको भन्दै जिवी राईलाई सरकारले नै लुकाएको आरोप लगाए ।