कीर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट हेर्न जान प्रधानमन्त्रीको प्रचण्डलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिदै कीर्तिपुरको मैदानमा फ्लडलाइट र प्याराफिट हेर्न जान आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा जवाफ दिदै प्रधानमन्त्री ओलीले प्रचण्डलाई किर्तिपुरमा बनिरहेको प्याराफिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जान आग्रह गरेका हुन् । साथै ओलीले प्रचण्डलाई तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो भन्दै तथ्याङ्क हेर्न सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्- 

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्याराफिट ?  मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्याराफिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *