ट्रम्पद्वारा युक्रेनलाई उच्च-गुणस्तरीय हतियार पठाउने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई ‘उच्च-गुणस्तरीय हतियार’ उपलब्ध गराउने घोषणा गरेका छन्।

नेटो प्रमुख मार्क रुटसँग वासिङ्टनमा भएको भेटपछि ट्रम्पले युक्रेनले ‘आफूले चाहेको गर्न सकोस्’ भन्ने सुनिश्चित गर्न अमेरिकाले सहयोग गर्ने बताएका हुन्। यसका साथै उनले ५० दिनभित्र युद्ध अन्त्य गर्न सहमति नभए रुसलाई कडा शुल्क (ट्यारिफ) लगाउने चेतावनी पनि दिएका छन्।

नेटो प्रमुख रुटले अमेरिकाले नेटोमार्फत युक्रेनलाई आवश्यक सामग्री ‘व्यापक रूपमा आपूर्ति’ गर्ने र यसको खर्च युरोपेली राष्ट्रहरूले बेहोर्ने पुष्टि गरेका छन्। ट्रम्पका अनुसार, युरोपेली देशहरूले युक्रेनलाई आफ्ना प्याट्रियट एयर डिफेन्स प्रणालीहरू पठाउनेछन्, जुन रुसको हवाई आक्रमण रोक्न युक्रेनका लागि महत्त्वपूर्ण छ । त्यसपछि अमेरिकाले ती प्रणालीहरूको प्रतिस्थापन उपलब्ध गराउनेछ।

ट्रम्प वा रुट दुवैले कुन-कुन हतियार पठाइनेछ भन्ने बारे विस्तृत जानकारी दिएनन् । तर रुटले यसमा ‘क्षेप्यास्त्र र गोलाबारुद’ समावेश हुने बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *