आइसिसीको वार्षिक सभामा क्यानका सचिव पारस खड्काको दमदार प्रस्तुति

काठमाडौँ । सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक सभामा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का सहभागी भएका छन् ।

उनले हिजोको एक सत्रमा क्यानले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) बारे दमदार प्रस्तुति दिएका थिए । विश्वभरका १०८ राष्ट्र सहभागी आइसिसी साधारण सभामा पारसले करिब १० मिनेटको प्रिजेन्टेसन गरेका हुन् । उनलाई आइसिसीले नै नेपाली क्रिकेट र विशेषतः एनपीएलका सम्बन्धमा प्रिजेन्टेसनका लागि आग्रह गरेको थियो । नेपालसहित ४ वटा देशका क्रिकेट बोर्ड प्रतिनिधिले मात्रै यस्तो प्रिजेन्टेसन दिने अवसर पाएका थिए ।

आइसिसीको बैठक हिजै सकिएको छ । पाँच दिन चलेको बैठकमा नेपालको सहभागिता प्रभावकारी भएको पारसले बताएका छन् । उनले भने, ‘नेपाली क्रिकेटको चर्चा र प्रभाव अहिले अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको पाएको छु । मैले दिएको प्रस्तुतिले नेपाल प्रिमियर लिग ९एनपीएल० लाई विश्वस्तरमा परिचित गराउन थप मद्दत गरेको छ ।’ आफ्नो प्रस्तुतिमा पारसले क्यानले आयोजना गरेको एनपीएलको पहिलो संस्करण नै भव्य र अभूतपूर्व सफल भएको बताएका थिए ।

एनपीएलमा भारतका शिखर धवन र न्यूजिल्यान्डका जिमी निसमसहित अन्तर्राष्ट्रिय स्तरका केही ख्यातिप्राप्त क्रिकेटरहरूलाई सहभागी गराउन सकिएको भन्दै उनले सन्तोष व्यक्त गरे । एनपीएलको ट्रफीको मौलिकताबारे वर्णन गर्दै यसले ग्लोबल वार्मिङलाई न्यूनीकरण गर्ने सन्देश बोकेको उल्लेख गरे । एनपीएलमा विश्व क्रिकेटका महान् हस्ति ब्रायन लारा समेत सहभागी भएको उनले सम्झिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *