बीपी कोइरालाप्रति उच्च सम्मान- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाप्रति उच्च सम्मान रहेको बताएका छन् ।
विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा विपी कोइरालाको भूमिकाको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।
नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा उहाँको भूमिकाको स्मरण गर्दछु । आदरणीय बीपी कोइरालाप्रति उच्च सम्मान !