नवजागरण सहकारी संस्थाको बलियो संस्थागत पुँजीे
रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीमा वृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरणले संस्थागत पुँजीमा वृद्धि भएको देखाएको हो । वित्तीय विवरण अनुसार कुल संस्थागत पुँजीमा १० प्रतिशतले वृद्धि भई ७ करोड २२ लाख २२ हजार पुगेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी ५.९८ प्रतिशतले वृद्धि भई ४ करोड ३० लाख ३१ हजार,जगेडा कोष ९.७० प्रतिशतले वृद्धि भई ६ करोड ९७ लाख ५७ हजार र बचतमा ७५.२५ प्रतिशतले वृद्धि भई ५४ करोड १२ लाख ७७ हजार पुगेको छ । त्यसैगरी ऋण लगानीमा ४९.२१ प्रतिशतले कमि भई ३५ करोड ३९ लाख ९२ हजार र वित्तीय लगानीमा ५६.६९ प्रतिशतले वृद्धि भई ३० करोड ६८ लाख ६७ हजार पुगेको छ । १० हजार २ सय सदस्य रहेको संस्थाले ६४६ जना सदस्यलाई मात्र ऋण लगानी गर्न सफल भएको छ । गत आ।ब।मा संस्थाको कुल सम्पत्ति ७१ करोड ९२ लाख ९१ हजार पुगेको छ ।