“अब पछि हट्दिन, सक्रिय राजनीतिमा आइसकेकी छु”

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिबाट पछि नहट्ने बताएकी छन् ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू एमालेको राजनीतिमा फर्किएको र अब पछि नहट्ने बताएकी हुन् । आफूलाई रोक्न गरिएको प्रयासको आलोचना गर्दै उनले भनिन्, ‘म सक्रिय राजनीतिमा आइसकेको छु, अब पछि हट्ने कुरा हुँदैन ।’ भण्डारीले कार्यकर्तालाई आतङ्कित पार्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीको आलोचना गरिन् । ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ, यो ठिक होइन’ उनले भनिन् ।

एमालेको केन्द्रीय कमिटीमा पनि पूर्व राष्ट्रपतिले पार्टी राजनीतिमा लिएको सक्रियता र त्यसको सम्भावित प्रभावमाथि गहिरो बहस भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *