सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ सम्पन्न
काठमाडौं । पोखरामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन २०८२ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष, केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाशविक्रम खत्री, व्यवस्थापनका उच्च पदाधिकारी लगायतकाहरूको उपस्थिति रहेको थियो । यसैगरी, देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटीव, ब्रान्च अपरेशन, विभागीय प्रमुख, उच्च व्यवस्थापन लगायत सञ्चालक समितिका पदाधिकारीसहितको उपस्थित रहेको थियो । इन्स्योरेन्सले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि ह्वी क्यान थीमलाई मूलमन्त्रका रूपमा आत्मसात गर्दै सम्पूर्ण कर्मचारीहरु एकजुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरेको छ । उक्त कार्यक्रममा भारतका सेल्स ट्रेनर अनिलकुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माण लगायत सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिनुका साथै जीवन बीमा क्षेत्रमा सिकेको आफ्नो ३० वर्षभन्दा बढीको अनुभव बाँडेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जीवन बीमा क्षेत्रमै ऐतिहासिक सफलता हासिल गर्न आफ्नो अमूल्य योगदान दिने सम्पूर्ण कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे ।
साथै कम्पनीका चिफ बिजनेश अफिसर फर्शुराम मरासिनीले कम्पनीको वार्षिक व्यवसायिक समीक्षा र आगामी रणनीतिका बारेमा प्रष्ट पार्दै लक्ष्य प्राप्तिका लागि अघि बढ्न कर्मचारीहरूलाई प्रेरित गरे । इस्ट इम्प्लोइ अफ द इयर अन्तर्गत ५ विधामा क्रमशः प्रदेश प्रमुखबाट प्रदेश ७ का प्रमुख मोहन पुरी, रिजनल म्यानेजर अन्तर्गत सू।प। हिलबाट रामप्रसाद उपाध्याय, ब्रान्च म्यानेजर अन्तर्गत दैलेख ब्रान्च बाट रविन्द्रप्रसाद शर्मा, ब्रान्च अपरेशन अन्तर्गत नयाँ बानेश्वर शाखाबाट सन्जय सुन्दास र सेल्स एक्जुकेटिव अन्तर्गत बुटवल पाल्पारोड शाखाबाट सन्तोष ज्ञवाली देशभरिका कर्मचारीहरूमध्ये सर्वोत्कृष्ट भए । कम्पनीले नविनतम प्रविधिमा जोड दिँदै समयसापेक्ष उत्कृष्ट सेवा पस्कँदै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइन मार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति ई( कर्जा र आफ्ना बीमित तथा अभिकर्ताहरुको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा शुभारम्भ गरिसकेको छ । कम्पनीको हाल चुक्ता पूँजी ५०१ करोड, कुल लगानी ४ हजार ६०० करोड, जीवन बीमाकोष ४ हजार २०० करोड, नेटवर्थ ६२८ करोड, जारी बीमालेख संख्या ३४ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख ३ हजार ७३८ र देशभर रहेका १७३ शाखा सञ्जालद्वारा सेवा प्रदान गरी रहेको छ ।