अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति

वासिंगटन डिसी । अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ ।

अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो । यो सम्झौता अन्तर्गत इजरायलले ५ हजार बम र हजारौं असल्ट राइफल पाउने छ।

यो खरिद इरानलाई नियन्त्रण गर्ने इजरायलको रणनीतिको हिस्सा हो भन्ने विश्वास गरिन्छ। तर, यो सम्झौताको विरोध पनि भएको थियो । अमेरिकी सिनेटमा डेमोक्र्याटिक सांसदहरूको ठूलो संख्याले हतियार बिक्रीमा प्रतिबन्ध लगाउने प्रयास गरेका थिए तर अन्ततः ती सबै असफल भएका छन् ।

यो सम्झौतालाई इरानसँगको तनावसँग प्रत्यक्ष रूपमा जोडिएको छ। इजरायलले अगस्टसम्ममा परमाणु सम्झौताका लागि इरान तयार नभएमा एकतर्फी कारबाही गर्ने बताइसकेको छ । इरानले युरेनियम प्रवर्धनको गति घटाउन अस्वीकार गरे पछि पश्चिमा राष्ट्रहरूको चिन्ता थपिएको छ । यस्तो अवस्थामा इजरायलले हतियारको यो ठूलो खेप प्राप्त गर्नुको अर्थ स्पष्ट छ– इरानलाई चेतावनी दिनु थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *