पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग आज सञ्चालनमा

कालीकोट । पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग आज सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय जुम्ला र प्रहरीको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध सडकखण्ड खुलाइएको हो । गएराति निरन्तर वर्षा भएका कारण कालीकोट सडकखण्ड बिहानै अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतका अनुसार कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने मार्ग अवरुद्ध भएको थियो । आज दिउँसोदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले कर्णाली राजमार्गका खिड्की, जिउँला, गगने, बिहानी, नाग्मा लगायतका सबै अवरोध हटाइ यातायात खुला गरिएको पुष्टि गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *