रवि लामिछानेको स्वास्थ्यमा समस्या
काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।
स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए । सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको हो । गत शनिवार रुपन्देही कारागारबाट नख्खु कारागार ल्याइएका लामिछानेको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको टोली उपचारका लागि जेलमै पुगेको छ ।
रविको स्वास्थ्य जाँचका लागि कारागार प्रशासनले ट्रमा सेन्टरका डाक्टरको टोली नख्खु कारागारमा झिकाएको हो ।