सानिमा बैंक एक्जिम बैंकको नेपाल एजेन्टमा नियुक्त
काठमाडौं । सानिमा बैंक द एक्स्पोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (एक्जिम) बैंकको नेपाल एजेन्टमा नियुक्त भएको छ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट(–१ समेत दुई जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण,मध्यस्थकर्ताका रूपमा काम गर्न नेपालका लागि सानिमालाई एजेन्ट बैंक नियुक्त गरेको कम्पनीले जनाएको छ । एक्जिम बैंकको चीनस्थित सिचुआन शाखामा आयोजित कार्यक्रममा सानिमा बैंक र एक्जिम बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक) का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र एक्जिम बैंकका तर्फबाट सिचुआन शाखाकी उपाध्यक्ष यु यानहुईले हस्ताक्षर गरे ।
कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे, एक्जिम बैंक सिचुआन शाखा अध्यक्ष चेन शेङरोङ र एसजीआईसी इन्टरनेसनल अध्यक्ष लिआओ विन समेतको उपस्थिति थियो । कार्यक्रममा सानिमा बैंकका सीइओ पाण्डेले एजेन्सी बैंकका रूपमा काम गर्न सानिमा बैंकलाई विश्वास गरी छनोट गरेकोमा आभार व्यक्त गरे । एक्जिम बैंकसँगको सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार हुने र व्यापार प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । एक्जिम बैंक र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिले परियोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।