ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत नगद लाभांश बाँड्ने घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० प्रतिशत अर्थात् ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले असोज १ गते होटल ले हिमालय लाजिम्पाट काठमाडौंमा दिउँसो साढे ४ बजे १८औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाबाट आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२।८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ । यस्तै, सञ्चालक समितिको विसं २०८१ पुस १६ गते बसेको बैठकबाट स्वतन्त्र सञ्चालकमा नियुक्ति भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *