फिल्म ‘कन्यादान’ को घोषणा
काठमाडौँ । निर्देशक अर्जुन सुवेदीले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘सोल्टिनी’ रिलिजभन्दा अगाडी नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् ।
उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘कन्यादान’ राखिएको छ । उनले हरितालिका तिजको अवसर पारेर मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका हुन् । यो फिल्ममा विधवा महिलाको जीवन र समाजले दिने चुनौतीको कथा रहेको बताइएको छ । कुमार भट्टराई र अर्जुन सुवेदीको संयुक्त लेखन रहेको फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ ।
फिल्मको निर्माणमा प्लानेट थ्री फिल्म्सले गर्नेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । फिल्मको प्रस्तुतकर्तामा रेजिना बिस्ट र कार्यकारी निर्मातामा मार्टिन ओली रहेका छन् ।