प्रधानमन्त्रीकै सचिवालयले प्रयोग गर्यो ‘प्रतिबन्धित’ सञ्जाल, चौतर्फी आलोचना
काठमाडौँ । सरकारले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले ‘प्रतिबन्धित’लगाएसँगै हाल नेपालमा ति सञ्जालहरु बिस्तारै बन्द हुदैँ गहिरहेका छन । तर यहाँ नेपाल सरकारले ‘प्रतिबन्धित’ गरेको ति सामाजिक सञ्जालबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले विभिन्न तस्विरहरु राखेर पोस्ट गरेपछि यतिबेला प्रधानमन्त्री र सचिवालको चौतर्फी आलोचना भएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले बिहीबार मात्रै सो निर्णय सार्वजनिक गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सामाजिक सञ्जालहरू बन्द गर्ने प्रक्रिया अघि बढाएका थिए । बन्द गर्ने प्रक्रिया अघि बढेसँगै हाल नेपालमा फेसबुक लगायत सामाजिक सञ्जालहरु बन्दजस्तै भइसकेको छ तर कतिपय प्रयोगकर्ताहरूले भने वैकल्पिक माध्यममार्फत सामाजिक सञ्जाल चलाइरहेका छन् ।
यसबीचमा, सरकारी निर्देशनलाई बेवास्ता गर्दै प्रधानमन्त्री सचिवालय आफैँले फेसबुक र ह्वाट्सएपमार्फत सूचना सम्प्रेषण गरिरहेको छ । आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनसम्बन्धी गतिविधि प्रधानमन्त्री सचिवालयको अफिसियल फेसबुक पेज र ह्वाट्सएप ग्रुपमार्फत प्रसारित गरिएको छ । यसरी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सचिवालयले स्पष्टीकरण दिँदै भनेको छ, “सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको होइन, चलाउने मिल्ने सबै सञ्जाल सबैले चलाइरहेका छन् । हामीले पनि त्यही गरेका हौँ।”
तर, नीति बनाउने निकायले नै आफ्नै निर्णयलाई पालना नगरेको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । प्रधानमन्त्रीको अफिसियल फेसबुक पेजमा गरिएको पछिल्लो पोस्टमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै विभिन्न आलोजना तथा नकारात्मक टिक्काटिपप्णी गरेका छन् ।